अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वैशाखभर सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

वैशाखभर सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय


काठमाडौं– सरकारले वैशाखभर कोभिड १९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

कोरोना त्रास बढिरहेकाबेला सरकारले विद्यालयसहित सार्वजनिक स्थानमा कडाइ गर्ने निर्णय गरेको हो ।

यातायातसहितका सार्वजनिक स्थानमा मापदण्ड बनाएर सञ्चालन गर्न सरकारले राजपत्रमा सूचना प्रकाशित गर्नेछ ।