बुटवल- लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।
माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका कुलप्रसाद केसी र सुदर्शन बरालले राजीनामासमेत बुझाइसक्नु भएको छ ।
उहाँहरूले मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा पत्र सोमबार बुझाउनुभएको हो ।
कुलप्रसाद आन्तरिक मामिला तथा कानुन मन्त्री र सुदर्शन सामाजिक विकास मन्त्री हुनुहुन्थ्यो ।
प्रतिक्रिया