अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य मन्त्रालयले भन्यो : अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कनू

स्वास्थ्य मन्त्रालयले भन्यो : अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कनू


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण दर तीव्र गतिमा बढिरहेकाले अनावश्यक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेकाले अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन आग्रह गर्नुभयो ।

मन्त्रालयले बुधबार आयोजना गरेको कोरोनाको प्रेस ब्रिफिङमा उहाँले सभा, भेला, गोष्ठी , सेमिनार, जात्रा, बैठक नगर्न अनुरोधसमेत गर्नुभयो ।

‘कोरोना संक्रमण काठमाडौंलगायत ठूला शहरमा दिनदिनै बढ्दैछ,’ डा गौतमले भन्नुभयो, ‘थाहा पाइपाइ भीडभाडमा जानु हुँदैन ।’

उहाँले विवाह, व्रतबन्ध, पूजा, भोज भतेर, समारोह गरी भीड जम्मा गर्ने, भीडमा सरिक हुने र मास्क नलगाइ हेलचेक्रयाइँ तथा असावधानीले संक्रमण थप फैलिँदै गइरहेको बताउनुभयो ।