अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश २ को नाम जानकी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश २ को नाम जानकी राख्न एमालेद्वारा प्रस्ताव दर्ता


जनकपुरधाम- नेकपा एमालेले प्रदेश २ को नाम जानकी राख्न प्रस्ताव दर्ता गराएको छ । प्रदेशसभा सचिवालयले प्रस्ताव आह्वान गरेपछि नेकपा एमालेले प्रदेशको नाम जानकी राख्न प्रस्ताव दर्ता गराएको हो ।

प्रदेशको नाम जानकी र स्थायी राजधानी जनकपुरधाम हुनुपर्ने भनेर प्रस्ताव दर्ता गराएको एमाले संसदीय दलका नेता शत्रुधन महतोले जानकारी दिनुभयो ।

जनकपुरधामसहित पश्चिममा मिथिला माध्यमिकी परिक्रमा सडक, पूर्वमा कमला नदी, उत्तरमा ढल्केबर र दक्षिणमा भारतीय सीमासम्मको क्षेत्रलाई राजधानी प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।

यसअघि २०७६ सालमा पहिलो पटक प्रदेशको नामाकरण र राजधानी तोक्ने प्रक्रिया शुरु गर्दा एमालेसहितको तत्कालीन नेकपाले प्रदेशको नाम जानकी र स्थायी राजधानी जनकपुरधाम राख्न प्रस्ताव दर्ता गराएको थियो ।

यसअघि प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै सत्तारुढ जनता समाजवादी ९जसपा० र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै रूपमा प्रस्ताव दर्ता गराइसकेका छन् ।

नाम र स्थायी राजधानीका लागि दुईतिहाइ बहुमतको आवश्यक पर्दछ ।