अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज २ हजार ४२८ जनामा कोरोना संक्रमण

देशभर आज २ हजार ४२८ जनामा कोरोना संक्रमण


काठमाडौं- गत २४ घण्टामा देशभर २ हजार ४ सय २८ जना कोरोना संक्रमित थपिएका छन् ।

१० हजार १ को पीसीआर परीक्षण र ४४७ जनाको एन्टिजेन परीक्षण गर्दा आज २ हजार ४ सय २८ संक्रमित थपिएका हुन् । त्यसमध्ये पीसीआर विधिबाट २ हजार ३ सय ६५ जना र एन्टिजेन विधिबाट ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज काठमाडौं उपत्यकामा भक्तपुरमा ८१, ललितपुरमा १०६ र काठमाडौंमा ९८७ जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ९२ हजार १५२ पुगेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २५२ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७६ हजार ३४५ पुगेको छ । आज पाँच संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।