अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाले छुटायो नदिम–श्रवणको जोडी

कोरोनाले छुटायो नदिम–श्रवणको जोडी


बलिउडका चर्चित संगीतकार श्रवणकुमार राठोरको निधन भएको छ । उनको कोरोना संक्रमणबाट मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

बलिउडमा श्रवण र नदिम अख्तर सैफीको जोडी नदिम–श्रवणका नामले चर्चित छ । श्रवणलाई केही दिन अघि कोरोना संक्रमण भएपछि मुम्बईस्थित एसएल रहेजा अस्पताल भर्ना गरिएको थियो ।

बुबाको मृत्युको पुष्टि गर्दै छोरा सञ्जीव राठोरले लेखेका छन्, ‘केही समयअघि बुबाले हामीलाई छाडेर बिदा हुनुभएको छ । हृदयघातले उहाँको ज्यान लियो । उहाँको शरीरका केही अंगले काम गर्न छाडेका थिए ।’ अस्पतालमा उनलाई भेन्टिलेटरमा राखिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको रक्तसञ्चारमा गडबडी थियो । मधुमेहका बिरामीसमेत रहेका उनको कलेजोमा पनि समस्या देखिएको थियो ।

सन् १९९० को दशकमा नदिम–श्रवण जोडीको दबदबा बलिउडमा ब्यापक थियो । उनीहरूले संयुक्त रूपमा थुप्रै हिट फिल्ममा संगीत भरेका छन् । चलचित्र ‘आसिकी’ का रोमान्टिक गीतमा उनीहरूले दिएको सांगीतिक धुन निकै लोकप्रिय छ ।

हिन्दी फिल्मी संगीतमा प्रभाव रहेकै बेला टी–सिरिज कम्पनीका मालिक गुलसन कुमारको हत्या भयो । नदिमलाइ हत्या आरोप लागेपछि उनले भारत छाठे । त्यसै कारण नदिम र श्रवण सन् १९९७ मा अलग भयो । त्यसको तीन वर्षपछि सन् २००० मा फेरि सँगै जोडिए । त्यसपछि ‘धड्कन’, ‘राज’, ‘डु नट डिस्टर्ब’ मा सँगै काम गरेका थिए ।

‘आसिकी’का अलावा नदिम–श्रवणले ‘साजन’, ‘सडक’, ‘दिल है कि मानता नहीँ’, ‘फूल और काँटे’, ‘हम हैं राही प्यारे के’, ‘राजा हिन्दुस्तानी’, ‘दिलवाले’, ‘सिर्फ तुमलगायतका चलचित्रमा संगीत दिएका थिए ।