अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुशील कोइराला प्रखर अस्पतालका ९० प्रतिशत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

सुशील कोइराला प्रखर अस्पतालका ९० प्रतिशत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण


काठमाडौं- कोरोनाको केन्द्र बनेको बाँकेमा एउटै अस्पतालमा ९० प्रतिशत स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कार्यरत ९० प्रतिशत स्वास्थ्यकर्मीमा संक्रमण अस्पतालले सूचना निकालेर जानकारी दिएको हो । पीसीआर परीक्षण गरेकामध्ये ९० प्रतिशतमा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण देखिएपछि अस्पतालको सेवा आजबाट वैशाख १८ गतेसम्मका लागि बन्द गरिएको सूचनामा उल्लेख छ ।

‘९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासकीय कर्मचारीको पीसीआर रिपोर्ट पोजिटिभ आएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ सूचनामा लेखिएको बिरामीलाई सेवा दिने स्वास्थ्यकर्मी नै संक्रमित भएको कारण सेवा बन्द गर्नु परेको अस्पतालले जनाएको छ ।

बाँकेमाशनिबार मात्रै ४ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय बाँकेमा कोरोना संक्रमण तीव्र रूपमा फैलिइरहेको छ ।