अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सीसीएमसीको बैठक बस्दै, महत्वपूर्ण निर्णय हुन सक्ने

सीसीएमसीको बैठक बस्दै, महत्वपूर्ण निर्णय हुन सक्ने


काठमाडौं- आज कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्ने भएको हो । बैठक आज दिउँसाे ३ बजे बस्ने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि सीसीएमसीका अध्यक्ष तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले अपरान्ह बैठक बोलाउनुभएको हो ।

यसअघि शनिवार प्रधानमन्त्री ओलीसहित बालुवाटारमा सीसीएमसीको विस्तारित बैठक बसेको थियो । सो बैठकमा स्वास्थ्य मन्त्रालयको प्रस्तावमाथि छलफल भएको थियो भने सीसीएमसीको तयारीबारे समेत ब्रिफिङ गरिएको थियो ।

प्रधानमन्त्रीको आवश्यक निर्देशन र सुझावपछि बैठक बोलाइएको हो । सरकारले देशभर एकैपटक लकडाउन नगर्ने नीति लिएको छ । यसबाहेक संक्रमण नियन्त्रणका प्रभावकारी उपायबारे छलफल गरी केही क्षेत्रमा थप कडाई र केही सेवा क्षेत्र नियन्त्रित रूपमा चलाउने निर्णय हुन सक्ने बताइएको छ ।

केही दिनयता देशभर दैनिक दुई हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिरहेको छ ।