अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज ३ हजार १२२ जनामा कोरोना पुष्टि

देशभर आज ३ हजार १२२ जनामा कोरोना पुष्टि


काठमाडौं- गत २४ घण्टामा देशभर ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २९० को पीसीआर र ७९६ जनाको एन्टिजेन परीक्षण गर्दा ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको हो ।

आज काठमाडौं जिल्लामा १ हजार १ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कूल संक्रमितको सङ्ख्या ३ लाख २०९ पुगेको छ ।

गत २४ घण्टामा ४५० जना उपचारपछि डिस्चार्ज भएका छन् । योसहित निको हुनेको सङ्ख्या २ लाख ७७ हजार ५७३ पुगेको छ ।

यस्तै, हाल भेन्टिलेटरमा ६५ जना रहेको मन्त्रालयले जनाएको छ ।