अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना संक्रमण नियन्त्रण गर्न सातै प्रदेशमा उच्चस्तरीय समिति गठन

कोरोना संक्रमण नियन्त्रण गर्न सातै प्रदेशमा उच्चस्तरीय समिति गठन


काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि उच्चस्तरीय समिति गठन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार संक्रमण नियन्त्रणका लागि सातै प्रदेशमा विज्ञ चिकित्सकसहित सात वटा समिति गठन गरिएको हो ।

जसमा प्रदेश-१ मा डा. महेन्द्रप्रसाद श्रेष्ठ र डा. पवनजङ्ग रायमाझी, प्रदेश-२ मा डा रोशन पोखरेल र डा. मोहमद दाउद, बागमतीमा डा. रोशन पोखरेल र डा. मदनकुमार उपाध्यायलाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

यस्तै, गण्डकी प्रदेशमा डा. गुणराज लोहनी र डा. प्रकाश शाह, लुम्बिनीमा डा. गुणराज लोहनी र डा. रोशन न्यौपाने, कर्णालीमा डा. दिपेन्द्ररमण सिंह र डा. केशवराज पण्डित र सुदूरपश्चिममा डा. दिपेन्द्ररमण सिंह र डा. रिता भण्डारी जोशीलाई जिम्मेवारी दिइएको गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयले डा. गुणराज लोहनी र दुई प्रमुख विशेषज्ञ चिकित्सक डा. रोशन पोखरेल र दिपेन्द्ररमण सिंहलाई भने दुई वटा प्रदेशको जिम्मेवारी दिएको जनाएको छ ।