अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

‘फ्लोर क्रस’ गर्ने एमाले कर्णालीका चार सांसद पदमुक्त

‘फ्लोर क्रस’ गर्ने एमाले कर्णालीका चार सांसद पदमुक्त


सुर्खेत- नेकपा एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभाका चार जना सांसदको पद रिक्त भएको छ ।

प्रदेशसभाको जारी बैठकमा आज सभामुख राजबहादुर शाहीले नेकपा एमालेले सचिवालयमा दर्ता गराएको दल त्याग सम्बन्धी सूचना सुनाउँदै चार सांसदको पद रिक्त भएको घोषणा गर्नुभयो ।

दैलेखको निर्वाचन क्षेत्र नम्बर एक ‘ख’बाट प्रत्यक्ष निर्वाचित सांसद अम्मरबहादुर थापा, कालीकोट ‘क’बाट कुर्मराज शाही, डोल्पा ‘क’बाट नन्दसिंह बुढा, सल्यान एक ‘ख’बाट प्रकाश ज्वालाको पद रिक्त भएको सभामुख शाहीले घोषणा गर्नुभयो ।

महेन्द्रबहादुर शाही नेतृत्वको माओवादी सरकार जोगाउन फ्लोर क्रस गरी मतदान गरेका उहाँहरूलाई एमालेले सांसदबाट निष्कासन गरेको थियो । ज्वालाबाहेक तीनजना मन्त्रीसमेत भइसक्नुभएको छ ।