अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना संक्रमणका कारण आजदेखि देशभरका विद्यालय बन्द

कोरोना संक्रमणका कारण आजदेखि देशभरका विद्यालय बन्द


काठमाडौं– कोरोना संक्रमणका कारण आजदेखि वैशाख मसान्तसम्म देशभरका विद्यालय बन्द हुने भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार दुरदराजका ठाउँमा पनि विद्यालय भिडभाड हुने क्षेत्र भएकोले देशैभरी विद्यालय बन्द गर्नुपरेको हो ।

विद्यालय बन्द भए पनि सम्भव भएसम्म भर्चुअल विधिबाट पठन पाठन गर्न मन्त्रालयले आग्रह गरेको छ । बैठकले जेठ १३ गते देखि हुने एसईई परीक्षाको बारेमा केही पनि निर्णय गरेको छैन । संक्रमणको अवस्था हेरेर मात्र यस विषयमा थप निर्णय लिइने मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।