अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिनानिष्कर्ष सकियो जसपा शीर्ष नेताहरूकाे बैठक

बिनानिष्कर्ष सकियो जसपा शीर्ष नेताहरूकाे बैठक


काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूकाे बैठक सकिएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि पार्टी कार्यालय बालकुमारीमा बसेको शीर्ष नेताहरूकाे बैठक बिनानिष्कर्ष सकिएको हो ।

आजको बैठकमा नेताहरू महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र अशोक राई सहभागी हुनुहुन्थ्यो ।

केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा जसपाभित्र कुरा मिल्न सकेको छैन । महन्थ ठाकुर पक्ष सरकारमा जान हुने अडानमा छ ।

उपेन्द्र यादव पक्ष भने सरकारमा जान नहुने बताउँदै आएको छ । दुवै पक्षबीचको कुरा नमिल्दा जसपा विभाजन हुन सक्ने आकलन पनि गरिन थालिएको छ ।