अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्यका कर्मचारीमा आलोपालो प्रणाली लागू

स्वास्थ्यका कर्मचारीमा आलोपालो प्रणाली लागू


काठमाडौं- सरकारले स्वास्थ्यका कर्मचारीमा आलोपालो प्रणाली लागू गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय बैठकले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था मिलाउने भएको हो ।

त्यस्तै, उपलब्ध स्वास्थ्य शय्या, जनशक्ति, कोभिड-१९ संक्रमित बिरामीको संख्या आदिका आधारमा अस्पतालले बहिरंग सेवा, सर्जरीलगायतका सेवा हाललाई स्थगित गर्ने निर्णय पनि मन्त्रालयले जनाएको छ । तर, आकस्मिक उपचार भने सुनिश्चित गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, बैठकले सघन उपचार तथा आकस्मिक उपचारसम्बन्धी आवश्यक उपकरण र अक्सिजनको व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।