अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ४ हजार ५२४ जनामा कोरोना, १८ संक्रमितको मृत्यु

आज ४ हजार ५२४ जनामा कोरोना, १८ संक्रमितको मृत्यु


काठमाडौं- गत २४ घण्टामा देशभर ४ हजार ५ सय २४ जना कोरोना संक्रमित थपिएका छन् ।

१५ हजार ६ सय ८१ जनाको पीसीआर परीक्षणबाट यो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार आज काठमाडौं उपत्‍यकाका तीन वटै जिल्लामा १ हजार ९ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा १ हजार ६ सय २, ललितपुरमा २ सय ४० र भक्तपुरमा १ सय २४ जना संक्रमित थपिएका हुन् । ‍

योसँगै नेपालमा कोरोना संक्रमित संख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।