अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाको उपचार गर्न काठमाडौंबाट झापा

कोरोनाको उपचार गर्न काठमाडौंबाट झापा


झापा- कोरोना संक्रमितलाई उपचारका लागि काठमाडौंबाट विएण्डसी अस्पताल ल्याइएको छ । सूचना अधिकारी प्रमिश गिरीका अनुसार काठमाडौंमा बेड अभाव भएपछि उपचारका लागि विएण्डसी ल्याइएको हो ।

झापा शिवसताक्षी-८ का घर भई काठमाडौं बस्दै आएका ६८ वर्षीय नरप्रसाद उप्रेतीलाई उपचारका लागि विर्तामोड ल्याइएको अस्पतालले जनाएको छ ।

काठमाडौंमा उपचार सहज नभएपछि झापा ल्याइएको बताइएको छ । उप्रेतीलाई हेलिकप्टरबाट विर्तामोड ल्याइएको छ । उनलाई आईसीयूमा राखिएको छ ।

उप्रेतीसहित विएण्डसीमा ५ जना कोरोना संक्रमितको उपचार भइरहेको गिरीले जानकारी दिनुभयो । कोभिड संक्रमितलाई अलग्गै राखेर उपचार व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ ।