अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रकरणमा महेश बस्नेतको भनाई

गण्डकी प्रकरणमा महेश बस्नेतको भनाई


गण्डकी प्रदेश सरकार मुख्यमन्त्री पीएस गुरुङको नेतृत्वमा जनसरोकारका काम गरिरहेको छ । प्रदेश सरकार आफ्नै गतिमा अगाडि बढिरहेको अवस्थामा त्यो सरकारविरुद्ध जनमतले प्रतिपक्षको हैसियतमा बस्न पुगेको कांग्रेस र पद र अवसरवादको खेलमा डुबेर कम्युनिष्ट आन्दोलन समाप्त गर्न लागेको प्रचण्ड र उनको पार्टीको सत्ताका पिपासु अप्राकृतिक गठबन्धन मिलेर अविश्वासको प्रस्ताव सदनमा दर्ता गराए ।

असैद्धान्तिक, अवसरबादी र निकै कमजोर धरातलमा उभिएको त्यो गठबन्धनले जनता समाजवादी पार्टीको के पी ओलीको छायाँ देखेर पनि तर्सने बाबुराम भट्टराई र कांग्रेससँग कुनै सहकार्य गर्न नचहाने राजमोका नेताहरूलाईसमेत अनेक भ्रममा र प्रलोभनमा पारेर सरकारविरुद्ध उभिन निकै कसरत प्रयास गरे । र, आफ्ना सबै सांसदहरूलाई गाईभैँसीसरी महँगो होटल रिसोर्टमा अपहरण शैलीमा थुनेर राखे । तर, ती सत्ता पिपासुले नबुझेको कुरा के हो भने मानव स्वतन्त्रता कसैको जबरजस्तले कैद हुन सक्दैन । र, स्वतन्त्र ढंगले आफ्नो अभिमत प्रकट गर्न मान्छेले जस्तो सुकै विद्रोह गर्न तयार हुन्छ ।

नेपाल सरकारको जिल्लाको जिम्मेवारी लिएर बसेको सीडीओ जस्तो जिम्मेवार व्यक्तिलाई सांसदको मुखबाट गालीगलौज गर्ने र भाइरल गर्ने जस्ता अराजक प्रवृत्ति प्रकट गरिरहेका छन् ।

यसै सन्दर्भमा राजमोका सांसद खिमविक्रम शाही बिरामी भएर अस्पताल बसेको कुरालाई लिएर अस्पताल प्रशासन, उनी स्वमं र उनको परिवारले आफू बेहोस भएर अस्पताल गएको भनेर पुष्टि गरिसकेको सन्दर्भमा केही प्रचण्ड र कांग्रेसद्वारा पालित पोषित मिडिया र सामाजिक सञ्जालका केही आपराधिक प्रवृत्तिका व्यक्तिहरूले म, अन्य केही नेताहरू र हाम्रो पार्टीको नाम मुछेर जुन बदनाम गराउने प्रयत्न गरिरहेका छन् । नेपाल सरकारको जिल्लाको जिम्मेवारी लिएर बसेको सीडीओ जस्तो जिम्मेवार व्यक्तिलाई सांसदको मुखबाट गालीगलौज गर्ने र भाइरल गर्ने जस्ता अराजक प्रवृत्ति प्रकट गरिरहेका छन् ।

हाम्राविरुद्ध आउने जस्तोसुकै जाल झेल र षड्यन्त्र छ त्यसैअनुसार प्रतिवाद र आवश्यकअनुसार प्रतिरोध गर्न तयार छ । पानी माथिको ओभानो बन्नेहरूको कुनै औचित्य छैन ।

लोकतान्त्रिक पद्धति अपनाइएका मुलुकमा सम्बिन्धत दलहरू सत्तामा जान खोज्नु स्वभाविक हो । तर, त्यसको लागि एउटा आवधिक निर्वाच कुर्न नसक्ने अनि सत्ताको फोहोरी खेल खेल्न हर्कतको सुरुवात गर्ने माओवादी कांग्रेस र तिनका कथित नेताहरूको आदर्शको गन्तव्यहीन मन्तव्यको कुनै तुक र अर्थ छैन ।

जहाँसम्म हाम्रो पार्टी र नेताहरूको कुरा छ । जुन ढंगको चौतर्फी आक्रमण हामी माथि भइरहेको छ त्यसलाई सशक्त ढंगले प्रतिरोध गर्न हाम्रो पंक्ति सक्षम छ । हाम्राविरुद्ध आउने जस्तोसुकै जाल झेल र षड्यन्त्र छ त्यसैअनुसार प्रतिवाद र आवश्यकअनुसार प्रतिरोध गर्न तयार छ । पानी माथिको ओभानो बन्नेहरूको कुनै औचित्य छैन ।