अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

समृद्धिका लागि प्राविधिक शिक्षाको खाँचो : प्रधानमन्त्री ओली

समृद्धिका लागि प्राविधिक शिक्षाको खाँचो : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन प्राविधिक शिक्षा महत्वपूर्ण रहेको बताउनुभएको छ ।

आज प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टीआईटीआई) को सुविधा सम्पन्न भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकारले प्राविधिक शिक्षालयको स्थापना र विकासमा जोड दिइरहेको छ ।’
कोभिड-१९ संक्रमणसँग विश्व लडिरहेको बेला विज्ञान र प्रविधिको प्रयोगले सुरक्षित बस्न सकिने उहाँले बताउनुभयो । प्रविधिको समुचित उपयोगले गर्दा कोभिडलाई परास्त गर्न सकिने उहाँको भनाइ छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न प्रविधिको विकासमा लाग्नुपर्ने बताउँदै प्रधामन्त्री ओलीलले भन्नुभयो, ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा मात्रै होइन, यो संकल्प सकेसम्म छिटो पूरा गर्नुपर्ने योजनामा सरकार छ ।’

प्राविधिक शिक्षालयको स्थापना गरेर दक्ष प्राविधिक उत्पादन गर्न सके देशले फड्को मार्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्राविधिक शिक्षाले समाज र राष्ट्रका लागि योगदान पुर्‍याउने खालको जनशक्ति तयार पार्छ, शिक्षालाई व्यवसायिक र सीपमुलक बनाएर युवाहरूलाई स्वरोजगार बनाउन प्राविधिक शिक्षालयको स्थापना अनिवार्य छ ।’