अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२२ जिल्लामा संक्रमण दर डरलाग्दो, यात्रा नगर्नू : स्वास्थ्य मन्त्रालय

२२ जिल्लामा संक्रमण दर डरलाग्दो, यात्रा नगर्नू : स्वास्थ्य मन्त्रालय


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जिल्लामा कोरोना भाइरस संक्रमण डरलाग्दो गरी फैलिएको बताएको छ ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण दर डरलाग्दो गरी बढेको छ ।

ती जिल्लामा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने अवस्था रहेको मन्त्रालये जनाएको छ ।

सहप्रवक्ता डा। समिरकुमार अधिकारीले संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गर्नुभएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तीमा कुनै पनि मार्गबाट देश विदेश जानेआउने तथा आन्तरिक बाह्य पर्यटनका लागि कहिँकतै जाने कामहरु पूर्णरुपमा नगर्न र नगराउन आग्रह गरिएको छ ।