अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

५ हजार ७२७ जना कोरोना संक्रमित थपिए, उपत्यकामा २९५६ संक्रमित

५ हजार ७२७ जना कोरोना संक्रमित थपिए, उपत्यकामा २९५६ संक्रमित


काठमाडौं– नेपालमा ५ हजार ७२७ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार ३९१ जनामा पीसीआर र ५२५ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या ३ हजार २ ७९ पुगेको छ। सोही अवधिमा ९२८ जना संक्रमित निको भएका छन्।

२४ घण्टामा उपत्यकामा २९५६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरी २९५६ कोरोना संक्रमित थपिएका हुन्।