अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैतडीमा २४ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि

बैतडीमा २४ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि


बैतडी- नयाँ भरिएन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत जोखिममा पर्दै गएका छन् ।

सङ्क्रमणको दोश्रो लहर फैलिएपछि बैतडीमा हालसम्म २४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

प्रमुख भट्टका अनुसार सबैभन्दा बढी पुर्चौंडी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, पाटन नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चार, जिल्ला अस्पतालको पिसीआर प्रयोेगशालामा कार्यरत एक, सीमानाकास्थित झुलाघाट हेल्थडेस्कमा कार्यरत एक, गुरुखोला स्वास्थ्यचौकीमा कार्यरत एक र बैतडी प्लसमा कार्यरत एक स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालले जनाएको छ ।

सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था गम्भीर नरहेको र उनीहरु आइसोलेसनमा रहेका प्रमुख भट्टले बताउनुभयो । कोरोना सङ्क्रमणको रोकथाम र उपचारका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी सङ्क्रमित हुनथालेपछि समस्या भएको छ ।

जिल्लामा दोस्रो लहरको सङ्क्रमणपछि १८८ मा सङ्क्रमण पुष्टि भइसकेको छ भने एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण तीव्ररूपले फैलिरहेकाले स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न स्वास्थ्य कार्यालयले आग्रहसमेत गरेको छ ।