अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज ९०७० जनामा कोरोना पुष्टि, ५४ संक्रमितको मृत्यु

देशभर आज ९०७० जनामा कोरोना पुष्टि, ५४ संक्रमितको मृत्यु


काठमाडौं- गत २४ घण्टामा देशभर ९ हजार ७० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार सो संख्यामा कोरोना पुष्टि भएको हो ।

नेपालमा एक दिनमा थपिएको यो संख्या हालसम्मकै बढी हो ।

बुधबार देशभर ८ हजार ६ सय ५९ जनामा कोरोना पुष्टि भएको थियो । त्यस्तै, आज ५४ जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ ।