अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा दैनिक कोरोना संक्रमण घट्यो, आज ३३७० जना डिस्चार्ज

नेपालमा दैनिक कोरोना संक्रमण घट्यो, आज ३३७० जना डिस्चार्ज


काठमाडौं- गत २४ घण्टामा आज ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालैका दिनहरूमा संक्रमण घटेको यो पहिलो पटक हो । शुक्रबार ९ हजार १९६ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

त्यस्तै, आज कोभिडका कारण ५३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालकया अनुसार आज ३ हजार ३७० जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म देशभर ८३ हजार ४९३ जना पुष्टि भएका सक्रिय सङ्क्रमित छन् ।

तीमध्ये ५ हजार ४७५ जना संस्थागत आइशोलेशनमा र बाँकी सबै घरमै बसिरहेको मन्त्रालयले जनाएको छ ।