अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं महानगरद्वारा त्रिवि शिक्षण अस्पताललाई १० भेन्टिलेटर सहयोग

काठमाडौं महानगरद्वारा त्रिवि शिक्षण अस्पताललाई १० भेन्टिलेटर सहयोग


काठमाडौं- काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई दश थान भेन्टिलेटर सहयोग गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निर्देशक प्रा. डा. दिनेश काफ्लेलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा प्रमुख शाक्यले हाम्रा योजना अस्पतालमा भेन्टिलेटर र सघन उपचार कस्ट बढाउनुभन्दा व्यक्तिव्यक्तिलाई सङ्क्रमण हुनबाटै बचाउनेतिर केन्द्रित गरिनुपर्नेमा जोड दिनुभयो ।

भेन्टिलेटरको जम्मा मूल्य रु दुई करोड नौ लाख रहेको बताइएको छ । चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा. डा. दिव्यासिंह शाहले अस्पतालमा आएका बिरामीलाई फिर्ता पठाउन नपरोस् भनेर क्षमता र जनशक्ति व्यवस्थापनमा जोड दिइएको बताउनुभयो ।

अस्पतालमा अहिले दैनिक ५ हजार लिटर अक्सिजन खपत भइरहेको छ । सोमध्ये २ हजार लिटर आन्तरिक प्रणाली र तीन हजार लिटर बाह्य उत्पादनबाट व्यवस्थापन गरिएको छ ।

हरेक दिन यसको माग बढ्दै गएको र यसमा पनि कामपाको सहयोग आवश्यक रहेको प्रा डा काफ्लेले बताउनुभयो ।