अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीर अस्पतालको नयाँ भवनलाई कोरोना विशेष अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय

वीर अस्पतालको नयाँ भवनलाई कोरोना विशेष अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं- वीर अस्पतालको नयाँ भवनलाई ५ सय शय्याको युनिफाइड कोभिड-१९ अस्पताल बनाइने भएको छ । आज बसेको मन्त्रपिरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

केही दिनअघि उपप्रधानमन्त्री इश्वर पोख्रेलको अध्यक्षतामा बसेको सीसीएमसीको बैठकले वीर अस्पतलालको नयाँ भवनलाई कोभिड-१९ विशेष अस्पताल बनाउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

आज साँझ बालुवाटारमा बसेको बैठक कोभिड-१९ नियन्त्रणकै विषयमा केन्द्रित रहेको परारष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।