अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजदेखि अक्सिजन सिलिण्डर स्वास्थ्य मन्त्रालयबाटै वितरण

आजदेखि अक्सिजन सिलिण्डर स्वास्थ्य मन्त्रालयबाटै वितरण


काठमाडौं- काठमाडौं उपत्यकामा अक्सिजन सिलिण्डर वितरणको जिम्मा कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) सचिवालयले लिए पनि चार दिन पछि पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई नै जिम्मा दिएको छ ।

अक्सिजन सिलिण्डर वितरण प्रकृया कठिन भएको भन्दै सिसिएमसीले शुक्रबार ९आज० देखि मन्त्रालयबाट वितरण हुने भन्दै सूचना जारी गरेको हो ।

सीसीएमसीले भने वैशाख २७ देखि २९ गते तीन दिनमा १७ हजार ३४१ अक्सिजन सिलिण्डर वितरण अस्पतालहरुलाई वितरण गरेको थियो । अक्सिजन सिलिण्डर मागको आपुर्ती मन्त्रालयबाटै हुने गरी निर्णय गरेको सिसिएमसी सचिवालयका सहसचिव नुरहरी खतिवडाले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट वितरण हुँदै आएको अक्सिजन सिलिण्डरलाई बजारमा अभाव हुन नदिन भन्दै काठमाडौं उपत्यकाको लागि सीसीएमसी सचिवालयले वितरण गर्ने जिम्मा लिएको थियो ।

सिलिण्डरको अभाव भएसँगै नेपाल प्रहरीको सहयोगमा बजार अनुगमन गरी भेटिएका खाली सिलिण्डर संकलन गरी अस्पतालहरुलाई वितरण शुरु गरेको सीसीएमसीले जनाएको छ ।

थप व्यवस्थापनका लागि मन्त्रिपरिषद्ले ५० हजार खाली सिलिण्डर विदेशबाट ल्याउने समेत निर्णय गरेको छ । २० हजार सिलिण्डर चीनबाट अनुदानमा ल्याउने भने पनि ४ सय वटा भने ल्याइसकेको छ ।