अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘मदनले रोपेको जबजको विरुवालाई हामी हुर्काउँदै बढाउँदैछौं’

‘मदनले रोपेको जबजको विरुवालाई हामी हुर्काउँदै बढाउँदैछौं’


जनताको बहुदलीय जनबाद नेपाली क्रान्तिको सिद्धान्तको रुपमा स्थापित भएको छ । जननेता मदन भण्डारीले वि.स २०४९ मा सम्पन्न नेकपा एमालेको पाचौँ राष्ट्रिय महाधिबेशनमा त्यसलाई कार्यक्रमको रुपमा प्रस्तुत गर्नु भएको थियो । महाधिवेशनले यो प्रस्तावलाई अत्याधिक बहुमतबाट पारित गरेको थियो । त्यसलाई नेपाली क्रान्तिको ब्यवहारसँग कार्यान्वयन गर्दै जाने क्रममा यो क्रमशः सिद्धान्तको रुपमा स्थापित भयो ।

यसरी पाँचौ महाधिवेशनमा रोपिएको जबजको बीउलाई मदन भण्डारीले लामो समय स्याहार गर्न पाउनुभएन । त्यसको दुई बर्ष मै उहाँको दासढुंगामा रहस्यमय ढंगले दुर्घटनामा मृत्यु भएपछि त्यसलाई हुर्काउने बढाउने काम एमाले र हामी त्यसका नेता कार्यकर्तामा आयो । जबजलाई हामीले नेपाली जीवनको मौलिक सिद्धान्तका रुपमा विकास गरेर यहाँसम्म ल्याएका छौं ।

जबज सुरु भए देखिका करिव तीन दशकका नेपाली कम्युनिष्ट आन्दोलका अनुभवहरुले यसको सिद्धान्तको सहीपना, यसको सोचाईलाई बारम्बार पुष्टि गरेको छ । सही प्रमाणित गरेको छ । एक दलीय कम्युनिष्ट व्यवस्थाको पक्षको पोषण गर्दै हिडेका साथीहरु आज शान्तिपूर्ण प्रतिस्पर्धामा आउनु र हिंसाको बाटो परित्याग गरेर लोकतन्त्रको विश्वब्यापी मूल्यमान्यतालाई स्विकार गर्नु यसको एउटा सफलताको हो । नेपाली कांग्रेस जस्तो पाटी जसले सधैंभरी नवउदारवादको पक्षपोषण गरिरहयो त्यसले समेत आज लोक कल्याणकारी कार्य र सामाजिक न्यायका कतिपय विषयहरुलाई स्वकार्न बाध्य भएको छ । काँग्रेसको त्यो परिर्वतनमा पनि जनताको बहुदलीय जनबादको सहीपना र त्यसको प्रभावलाई अनुभूत गर्न सकिन्छ ।

पाँचौ महाधिवेशनमा रोपिएको जबजको बीउलाई मदन भण्डारीले लामो समय स्याहार गर्न पाउनुभएन । त्यसको दुई बर्ष मै उहाँको दासढुंगामा रहस्यमय ढंगले दुर्घटनामा मृत्यु भएपछि त्यसलाई हुर्काउने बढाउने काम एमाले र हामी त्यसका नेता कार्यकर्तामा आयो । जबजलाई हामीले नेपाली जीवनको मौलिक सिद्धान्तका रुपमा विकास गरेर यहाँसम्म ल्याएका छौं ।

जबजका तीन दृष्टि
जनताको बहुदलीय जनवादको पृष्ठभूमि, यसको ऐतिहासकि सन्दर्भलाई हामीले तीन वटा पक्षमा खोज्नु पर्दछ ।

पहिलो- नेपालका लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनका अनुभवहरुमा यसका स्रोतहरु, यसका जराहरु निहीत छन् । अरु कतिपय देशको कम्युनिष्ट आन्दोलन भन्दा नेपालको कम्युनिष्ट आन्दोलन के मानेमा पृथक रह्यो भने यसको जन्म नै सबै खालका निरंकुशताको विरोध र लोकतन्त्रको पक्ष पोषण नागरिकको स्वतन्त्रताको पक्ष पोषण गर्दै भयो । जहाँनिया राणा शासनको अन्धकारमा नेपाल कम्युनिष्ट पार्टीको जन्म भएको थियो । कमरेड पुष्पलाल लगायतका यसका संस्थापकहरुले पहिलो पर्चामा नै नागरिक स्वतन्त्रता मुख्य मुद्धा बनाएर ,यसलाई आन्दोलको मूख्य नारा बनाएर नेपाल कम्यनिष्ट पार्टी स्थापना गर्नु भएको थियो । यस हिसाबले नेपालको कम्युनिष्ट आन्दोलन नेपालीको लोकतान्त्रिक आन्दोलनको एउटा अभिभाज्य अंगको रुपमा स्थापित भएको छ । विरोधाभास कस्तो देखिन्थ्यो भने एकातिर नेपालको कम्युनिष्ट आन्दोलन सुरु देखि नै लोकतन्त्रको एउटा पहरेदार,हिस्सेदारको रुपमा स्थापित हुदै आयो । लोकतन्त्रकै लागि हाम्रा हजारौँ नेताहरुले जेलनेल, यातना भूमिगत जीवन, निर्वाचन र अनेकौँ खालका प्रताडनाहरु सहनु पर्‍यो तर अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलका केही गलत प्रवृत्तिहरुको सिकार बनेर हाम्रा कतिपय सैद्धान्तिक पक्षहरुमा एक दलियताकोे गन्ध आउने खालका, अधिनायकबादको गन्ध आउने खालका र कतिपय अलोकतान्त्रिक विषयहरु हाम्रा दस्तावेजहरुमाहरु रहे । सडकमा कम्युनिष्टहरु लोकतन्त्रका लागि लड्ने तर उनीहरुको दस्तावेज चाहिँ कम्यनिुष्टहरुले स्थापना गर्ने व्यवस्था अलोकतान्त्रिक हो कि जस्तो देखिने त्यो विरोधाभास थियो । त्यो विरोधाभासलाई तोड्नै पर्थ्यो । त्यसलाई तोड्दै जनताको बहुदलीय जनवादले हामीले गरेको लोकतान्त्रिक आन्दोलन र त्यो आन्दोलन पछि स्थापना हुने जनवादी व्यवस्थाको लोकतान्त्रिक चरित्र ती दुई वटा कुरामा जोड्ने काम गरेको छ । पहिले हामीले यसको पृष्ठभूमिलाई नेपाली कम्युनिष्ट आन्दोलन र नेपालको लोकतान्त्रिक आन्दोलका आफ्ना अनुभवहरुमा खोज्नुपर्छ भन्ने मलाई लाग्छ ।

दोस्रो- अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलमा सन् १९९० को दशकमा ठूला ठूला धक्काहरु लागे । सोभियत संघबाट समाजबाद असफल मात्र भएन १५ वटा टुक्रामा विभाजित भयो । विभिन्न मुलुकहरुबाट समाजवादी सत्ताहरु विस्थापित भए र कम्युनिष्टहरुको आन्दोलन एकदम प्रतिरक्षात्मक अवस्थामा पुग्यो । संसारको कोर्ष नै बदल्ने अक्टुवर क्रान्ति र त्यसले स्थापना गरेको सोभियत समाजवाद किन असफल भयो यस बारेमा गम्भिर विर्मशहरु भए । ती विमर्शहरु खुद नेपालमा पनि हामीले गर्‍यौं र ती विमर्शहरुमा कमरेड मदन भण्डारीले यसको सारभूत निष्कर्ष के निकाल्नु भयो भने देखि त्यो सामाजवादको असफलता त्यसको पतनको मुल कारण खुद त्यस भित्र रहेका केही विराधाभासहरु हुन । सबै भन्दा ठूलो कुरा समाजवाद भित्र त्यो व्यवस्थाले लोकतन्त्रलाई प्रत्याभुति गर्न सकेन जनताका स्वतन्त्रताहरुलाई प्रत्याभुत गर्न सकेन र त्यो सत्ता नजानिदो पाराले नोकरशाही प्रवृत्तिमा फस्न पुग्यो । त्यसले गर्दा जनतालाई नेताहरु चुन्ने स्वतन्त्रता कहिलेकाहिँ कम्युनिष्ट पार्टीले गल्ती गर्‍यो भने त्यसको विकल्प चुन्ने स्वतन्त्रता वा कम्युनिष्ट पार्टी र सरकारमा देखा परेका विकृतिहरुलाई औल्याउने स्वतन्त्रता चाँही नागरिकहरुलाई भएन । विस्तारै सत्ताचाहीं नागरिकहरुबाट कट्दै गयो । नागरिक र जनताबाट कटेको सरकार ढल्नु कुनै अनौठो कुरा पनि भएन । यो निष्कर्षका साथ समाजवादी व्यवस्थामा पनि लोकतन्त्र अनिवार्य र अपरिहार्य छ । त्यहाँ पनि प्रतिस्पर्धा अनिवार्य छ भन्ने कुराको निष्कर्ष अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलका नकरात्मक अनुभवहरुबाट हामीले प्राप्त गर्‍यौं । जनताको बहुदलीय जनवादले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका नकरात्मक पाठबाट सिकेर हामीले स्थापना गर्ने जनवादी व्यवस्था होस अथवा समाजवादी व्यवस्था होस त्यो उच्च लोकतान्त्रिक मूल्य मान्यताले दृष्टित हुने त्यसबाट चाहिँ अनुगृहित हुने कुराको परिकल्पना गरेको छ ।

तेस्रो, खुद मार्क्सवादका बुझाईमा रहेका समस्याहरुलाई पनि जनताको बहुदलीय जनवादले सच्याउने. काम गरेको छ । मार्क्सले कहिले पनि एक दलीय व्यवस्था र अलोकतान्त्रिक व्यवस्थाको परिकल्पना गर्नु भएन । उहाँको एउटा प्रसिद्ध भनाई छ ‘समाजवाद साम्यवादको बारेमा एउटा यस्तो समाजवादको व्यवस्था गरियोस कि जहाँ व्यक्तिको स्वतन्त्रता नै समूदायको स्वतन्त्रताको एउटा पूर्व शर्त हुनेछ ।’ अर्थात मार्क्स व्यक्तिगत स्वतन्त्रताको त्यत्रो प्रवल पक्षपाति हुनुहुन्थ्यो । उहाँले स्वतन्त्रतालाई आर्थिक स्वतन्त्रतासँग जोड्नु भयो । जब सम्म उत्पादनका साधनमाथि श्रमिकहरुको पहुँच स्थापित हुँदैन या जब सम्म उत्पादनका साधनहरुमा चाहिँ नागरिकहरुले आफ्नो हक स्थापित गर्दैनन् राजनीतिक स्वतन्त्रता खोक्रो हुन्छ । त्यसकारण आर्थिक स्वतन्त्रतासँग उहाँले जोड्नु भयो । तर मार्क्स स्वयम् र मार्क्सवाद कहिले पनि त्यो अधिनायकवाद र अलोकतान्त्रिक व्यवस्थाको पक्षधर थिएन तर समय क्रमश यस्तो भयो कि मार्क्सवादलाई विधि र व्यवहारमा लागु गर्ने क्रममा विभिन्न खालका चुनौतिहरु देखा परे । केही चुनौतिहरुले गर्दा ती ऐतिहासिक पृष्ठभूमिहरु पनि रहे । जस्तो सोभियत संघमा क्रान्ति गर्दा कम्युनिष्ट पार्टीले एक्लै गर्नुपर्‍यो । अरु पार्टीहरु त्यसमा सहयोगीको रुपमा पनि रहन सकेनन् र समाजवादी व्यवस्था विरुद्ध चौतर्फी घेराबन्दी थियो । जसले गर्दा त्यहाँ कम्युनिष्ट पार्टीले एक दलीय शासन व्यवस्था चलाउनु पर्ने त्यहाँको एउटा स्थिति भयो होला । संसारका सबै मूलुकमा लागू हुने एउटा चाहिँ विश्वव्यापी फर्मूृला थिएन तर कतिपयले मार्क्सवाद भनेकै एक दलियता, मार्क्सवाद भनेकै हिंसा,माक्र्सवाद भनेकै अधिनायकाद हो भन्ने गलत ब्याख्या गरे र त्यो ब्यख्याको प्रभाव नेपाली कम्युनिष्ट आन्दोलनमा पनि परेको थियो । कमरेड मदन भण्डारीले त्यसलाई चिर्नु भयो र त्यसमा रहेका त्रुटिहरुलाई सच्याउदै मार्क्सवादले परिकल्पना गरेको ब्यक्तिगत स्वतन्त्रता सहितको एउटा समाजवादलाई कसरी ब्याख्या गर्ने ?त्यसको सविस्तार उहाँले सैद्धान्तिक आधारहरु प्रस्तुत गर्नु भयो ।

नताको इच्छा विपरीत कम्युनिष्ट पार्टीले शासन चलाउन खोज्नुृ हुँदैन । यी कुराहरुको पृष्ठभूमि जनवादी बहुदलीय जनवादको विकास गरेको हो । गएका ३० वर्षमा नेपाली कम्युनिष्ट आन्दोलमा अनुभवहरुले जबज र यसको सत्यतालाई पुष्टि गरेका छन र नेपाली कम्युनिष्ट आन्दोलन आगामी दिनमा पनि यही बाटोमा अगाडि बढ्ने छ ।

मार्क्सवादले भन्छ– सरकारका प्रत्येक वस्तुहरुमा द्वन्द्ववादी नियमहरु लागु हुन्छन र विपरित तत्वहरु हुन्छन । अरु सबै ठाउँमा द्वन्द्ववाद लागु हुने तर समाजवादी अथवा जनवादी व्यवस्थामा द्वन्द्वबाद लागू नहुने भन्ने कुरा चाहि हुँदैन । त्यहाँ द्वन्द्ववाद लागु हुने भनेको समाजवाद .समाजमा रहेका विभिन्न वर्गहरु छन् भने वर्गहरुको बीचमा विभिन्न विचारहरु जन्मन्छन् । विचारहरु जन्मिएपछि तिनीहरु संगठित हुन खोेज्छन् । संगठनबाट दलहरु बनाउँछन् । त्यसो हुँदा समाजमा वर्गहरु रहदासम्म बहुदलीय व्यवस्था हुनु अथवा बहुदल हुनु स्वभाविक हो । समाजमा विविधता रहुन्जेल सम्म समाजको चरित्र बहुलबादी हुनु स्वभाविक हो । यो कुरा कही काहीँ निश्चित थियो । जनताको बहुदलीय मार्क्सवादमा । जनताको बहुदलीय समाजवादले त्यो अपूर्णतालाई सच्याएर सामाज वर्गीय रहदा सम्म त्यहाँ विविध विचारहरु रहन सक्ने, ती विचारहरुको बीचमा प्रतिस्पर्धाहुन सक्ने कुरालाई स्विकार गर्दै कम्युनिष्ट पार्टीले प्रतिस्पर्धाबाट मात्र नै श्रेष्ठता हासिल गर्न सक्छ । जनताको इच्छा विपरीत कम्युनिष्ट पार्टीले शासन चलाउन खोज्नुृ हुँदैन । यी कुराहरुको पृष्ठभूमि जनवादी बहुदलीय जनवादको विकास गरेको हो । गएका ३० वर्षमा नेपाली कम्युनिष्ट आन्दोलमा अनुभवहरुले जबज र यसको सत्यतालाई पुष्टि गरेका छन र नेपाली कम्युनिष्ट आन्दोलन आगामी दिनमा पनि यही बाटोमा अगाडि बढ्ने छ ।

२०५१ मा मनमोहनले नेतृत्व गर्नु भएको सरकार आफ्ना लोककल्याणकारी कामहरुका निम्ति आज सम्म पनि चर्चित छ । जनताले सम्झने सरकारको रुपमा रहेको छ । त्यस यता पनि जति जति बेला हामीले सरकारको नेतृत्व गर्ने अवसर पायौँ त्यति त्यति बेला जनताको जीविकाका निमित्त महत्वपूर्ण परिर्वन ल्याउन भूमिका खेलेका छौँ ।

जनजीविका र जबज
जनताको बहुदलीय जनवादले राजनीतिक स्वतन्त्रताको मात्र कुरा गर्र्दैन, जनताको आर्थिक, सामाजिक, साँस्कृतिक स्वतन्त्रताको अथवा ति अधिकारको पनि कुरा गर्छ । अर्थात् जनताको बहुदलीय जनवादको परिकल्पना सामाजिक न्याय सहितको लोकतन्त्र हो । यो कुरालाई नेपाली कम्युनिष्ट आन्दोलनले सुरु देखि नै आत्मसाथ गरेको छ । जतिबेला हामी प्रतिपक्षमा थियौँ ,भूमिगत थियौँ अथवा हामी क्रान्तिको चरणमा थियौँ जहिले पनि हामीले जनताका जिविकाका मुद्धाहरुलाई श्रमिकहरुले उचित ज्याला पाउनु पर्ने कुरा, किसानहरुले जमिन पाउनु पर्ने कुरा, विद्यार्थीहरुले सर्वसुलभ शिक्षा पाउनु पर्ने कुरा महिलाले समान ज्याला पाउनु पर्ने कुरा ,सुकुम्बासीले जग्गा पाउनु पर्ने कुराहरु यस्ता जनताका जिविकाका मुद्धाहरुसँग जोडिएका कुराहरुलाई हामीले सदैव आफ्ना महत्वपूर्ण एजेण्डा बनाउदै आयौँ । त्यही कारणले जनताका ती कुरासँग जोडिएका कारणले गर्दा कम्युनिष्ट पार्टी जनताको मन मन मा बस्न सफल भयो ।

जतिबेला हामी पहिलो पटक सरकारमा पुग्यौँ २०५१ सालमा । हामीले त्यो जिविकाका मुद्धाहरुलाई सरकारको तहबाट पनि कार्यान्वयनमा लग्यौँ । २०५१ मा मनमोहनले नेतृत्व गर्नु भएको सरकार आफ्ना लोककल्याणकारी कामहरुका निम्ति आज सम्म पनि चर्चित छ । जनताले सम्झने सरकारको रुपमा रहेको छ । त्यस यता पनि जति जति बेला हामीले सरकारको नेतृत्व गर्ने अवसर पायौँ त्यति त्यति बेला जनताको जीविकाका निमित्त महत्वपूर्ण परिर्वन ल्याउन भूमिका खेलेका छौँ । आज ‘समृद्ध नेपाल, सुखी नेपालीको’नारा अन्तर्गत हामीले जनताको जीवन परिर्वत गर्ने कुरा ,जनतालाई सुखी जीवन दिलाउने कुरा लाई आफ्नो लक्ष्य बनाएर अगाडि बढेका छौं । अबको हाम्रो अग्निपरीक्षा जनतालाई कति छिटो गरिबीबाट मुक्त गर्न सक्छौ ,उनीहरुलाई कति सम्मको जीवनको को प्रत्याभूति दिलाउन सक्छौँ र नेपाललाई कति छिटो एउटा विकसित मुलकको हाराहारीमा पुर्‍याउन सक्छौं भन्ने कुरा पार्टीको चै अग्निपरीक्षाको रुपमा पनि रहेको छ । हामी खुसी छौं हामीले नै सरकारको नेतृत्व गरेको बेला अल्पविकसितबाट विकासशील देशमा स्तर उन्नति हुन सफल भएको छ, सिफारिस भएको छ । हामीले यस बीचमा जनताको जीवनमा परिर्वतन ल्याउने थुप्रै कामहरु गर्न पनि सफल भएका छौं । त्यसो हुँदा जनताको बहुदलीय जनवादले जनताको जीवनमा सकारात्मक परिर्वतन, लोककल्याणकारी, सामाजिक न्याययुक्त, समतामुलक समाजको परिकल्पना गर्छ । कम्युनिष्ट पाटीलाई निरन्तर त्यही काममा लाग्नका लागि प्रेरित गर्छ । जबजले पार्टी प्रतिपक्षमा छ भने पनि जनताका जिविकाका प्रश्नहरुलाई निरन्तर दबाव देउ, खबरदारी गर र सरकारलाई ति काम हरु गर्न बाध्य पार भन्छ । सरकारमा छौ भने आफैँ नेतृत्व गरेर ति कामहरु गरेर जनतालाई सुविधा देउ भन्छ । यसरी जनताको बहुदलीय जनवादले हाम्रो जीवनसँग जोडिएका मुद्धाहरुलाई मार्ग निर्देशन गर्छ, गरिरहने छ ।
(परराष्ट्र मन्त्री एवं नेकपा एमाले स्थायी कमिटी सदस्य ज्ञवालीसँग चेतन अधिकारीले गरेको कुराकानीमा आधारित )