अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय आज पनि बस्ने, महासचिव सहित अन्य पदाधिकारीले आफ्ना धारणा राख्ने

एमाले सचिवालय आज पनि बस्ने, महासचिव सहित अन्य पदाधिकारीले आफ्ना धारणा राख्ने


काठमाडौं- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । विहान साढे ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक डाकिएको छ । बैठकमा पार्टीको आन्तरिक जीवन,चुनाव समिक्षा,कार्यविभाजन आदिका विषयमा छलफल भइरहेको छ ।
हिजोको बैठकमा उपाध्यक्षहरु रामबहादुर थापा,विष्णुप्रसाद पौडेल,गोकर्ण विष्ट,रघुजी पन्त,पृथ्वी सुब्बा गुरुङले पार्टीका समग्र पक्ष र गत निर्वाचनको परिणामका विषयमा आफ्ना भनाइ राखेका थिए । आजको बैठकमा महासचिव,उपमहासचिव र सचिवहरुले धारणा राख्ने कार्यसुची रहेको छ ।

सबैले धारणा राखेपछि अध्यक्ष ओलीले नेताहरुका असन्तुष्टी,निर्वाचनको समिक्षा र नेताहरुको कार्यविभाजनलाई सम्बोधन गर्ने एक नेताले जानकारी दिए ।