अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

योगेश भट्टराईको पहलमा अत्यावश्यकीय स्वास्थ्य सामग्री ताप्लेजुङ पठाइयो

योगेश भट्टराईको पहलमा अत्यावश्यकीय स्वास्थ्य सामग्री ताप्लेजुङ पठाइयो


काठमाडौं- प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईको पहलमा कोरोना उपचारमा चाहिने अत्यावश्यकीय सामग्री ताप्लेजुङ पठाइएको छ ।

आज भट्टराईको पहलमा सात थान अक्सिजन कन्सेन्टेलर, १ सय थान एन ९५ मास्क, १ सय थान पीपीई, १ सय जोर पन्जा, २ हजार थान सर्जिकल मास्क, ५० थान सेफ्टी चस्मा र ४० लिटर स्यानिटाइजर पठाइएको हो ।

थप अत्यावश्कीय सामग्री संकलन भइरहेको बताइएको छ ।

आज बिहान सांसद भट्टराईको संयोजनमा ताप्लेजुङका स्थानीय तहका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थकर्मी जिल्ला समन्वय समितीका प्रमुख, प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव, केन्द्रय स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, प्रदेशसभा सदस्य, प्रदेश सरकारका आर्थिक मामिला मन्त्री, डाक्टर सन्दुक रुईतसहितको वैठक सम्पन्न भएको थियो ।

सो बैठकमा ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामाले जिल्ला अस्पताल आवश्यक सामाग्री माग माग गर्नु भएको थियो ।