अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ९२४७ मा कोरोना पुष्टि, ५७६७ जना संक्रमणमुक्त

आज ९२४७ मा कोरोना पुष्टि, ५७६७ जना संक्रमणमुक्त


काठमाडौं- देशभर पछिल्लो २४ घन्टामा ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणका क्रममा आज ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट २१ हजार ६ सय ५३ जनामा पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ९ हजार १ सय ९८ मा पोजिटिभ देखिएको र ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा पोजिटिभ देखिएको हो ।

गत २४ घण्टाको अवधिमा २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोानबाट मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको छ ।

देशभर ७०८ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले जनाएको छ ।

त्यस्तै, गत २४ घण्टामा ५ हजार ७ सय ६७ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म ३ लाख ४५ हजार ५ सय २३ कोरोनामुक्त भएका मन्त्रालयले जनाएको छ ।