अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केही साता अझै चुनौतीपूर्ण छ : स्वास्थ्य मन्त्रालय

केही साता अझै चुनौतीपूर्ण छ : स्वास्थ्य मन्त्रालय


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै केही साता नेपालका लागि चुनौतीपूर्ण रहेका बताएको छ ।

आज एक सूचना जारी गर्दै मन्त्रालयले आगामी केही साता नेपालका लागि चुनौतीपूर्ण समय रहेको बताएको हो ।

सूचनामा भनिएको छ, ‘अबका केही हप्ता अझै पनि चुनौतीपूर्ण रहेकाले हामी सबै संयमित र सहयोगी भई एकजुट भएर कामहरू गर्नुपर्ने देखिन्छ ।’

निषेधाज्ञाको पूर्ण पालना नभएको भन्दै मानिसको आवतजावतमा ५९ प्रतिशत मात्र कमी पाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बढी जोखिम रहेको भनेर सूचीकृत गरेको ठाउँमा समेत मानिसहरू खुलेआम हिँडिरहेको भन्दै जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयको सूचना :