अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा कोरोनाको थप नयाँ भेरिएन्ट पुष्टि (विज्ञप्तिसहित)

नेपालमा कोरोनाको थप नयाँ भेरिएन्ट पुष्टि (विज्ञप्तिसहित)


काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड-१९) को थप नयाँ भेरिएन्ट पत्ता लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको थप नयाँ भेरिएन्ट पत्ता लागेको जनाएको हो ।

योसँगै नेपालमा अहिलेसम्म कोरोनाका तीन किसिमको भेटिएन्ट पुष्टि भएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभएको छ ।

मन्त्रालयकाअनुसार गएको हप्ता देशका विभिन्न ठाउँबाट ३५ नमुना सङ्कलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो । भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मङ्गलवार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ । यो दुवै भेरिएन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।

यो नयाँ भाइरसले सबै उमेर समूहमा धेरै सङ्क्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरूले पुष्टि गरेकोसमेत मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

नयाँ भेरिएन्ट पुष्टि भएसँगै अब थप स्वास्थ्य मापदण्डमा कडाइ गर्नुपर्ने भएको र यसमा सबैले आ-आफ्नो भूमिका बढाउन मन्त्रालयका सह-प्रवक्ता अधिकारीले आग्रह गर्नुभएको छ ।