अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्व स्वास्थ्य संगठनले भन्यो– ‘कोभिडका बिरामीलाई रेम्डिसिभिर प्रयोग नगर्नू’

विश्व स्वास्थ्य संगठनले भन्यो– ‘कोभिडका बिरामीलाई रेम्डिसिभिर प्रयोग नगर्नू’


काठमाडौं– विश्व स्वास्थ्य संगठनले कोभिड उपचारको औषधि सूचीबाट रेम्डिसिभिरलाई हटाएको छ । एन्टीभाइरल औषधि रेम्डिसिभिर कोरोनाका बिरामीलाई सास फेर्न अप्ठ्यारो भएको परिस्थितिमा प्रयोग गरिँदै आएको छ ।

विश्व स्वास्थ्य संगठनले पहिले आपतकालीन अवस्थामा प्रयोग लागि सुझाएको यो औषधि हाल कोरोना उपचारको औषधिबाट हटाएको हो । विगतमा विश्व स्वास्थ्य संगठनले सुझाएको आधारमा धेरै राष्ट्रले रेम्डिसिभिर खरिद प्रक्रिया अघि बढाएका थिए । नेपालमा पनि एक महिनापछि रेम्डिसिभिर उत्पादन सुरु हुँदैछ ।

विश्व स्वास्थ्य संगठनका प्रवक्ता एरिक सेरभिकले त्यसलाई पहिले योग्य माने पनि हाल त्यस सूचीबाट हटाइएको बताउनुभयो ।

अब कोरोनाको उपचारमा विश्वस्वास्थ्य संगठनको मापदण्ड पालना गरिरहेका मुलुकहरूले अब त्यो औषधि संक्रमितको उपचारमा प्रयोग गर्न पाउने छैनन् ।