अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज ८६३६ मा कोरोना, ६४०४ जना डिस्चार्ज

देशभर आज ८६३६ मा कोरोना, ६४०४ जना डिस्चार्ज


काठमाडौं- पछिल्लो २४ घन्टामा देशभर ८ हजार ६ सय ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न ९१ वटा प्रयोगशालामा गरिएको २२९३६ परीक्षणबाट उक्त संख्यामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२३०६ पीसीआर र ६३० एन्टिजेन परीक्षण गरिएको थियो । जसमध्ये एन्टीजेन परीक्षणबाट २४९ जनामा र पीसीआर परीक्षणमा ८३८७ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घन्टामा ६४०४ जना संक्रमणमुक्त भएका छन् । योसँगै मुलुकमा ४ लाख ४ हजार ८८७ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २ सय ६७ जना छन् । जसमध्ये १६७२ जना आईसीयू र ४४७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घन्टामा मुलुकभर कोरोानबाट १६९ जनाको मृत्यु भएको छ ।