अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा एकैदिन २ लाख ९५ हजारले जिते कोरोना, दैनिक संक्रमण पनि घट्यो

भारतमा एकैदिन २ लाख ९५ हजारले जिते कोरोना, दैनिक संक्रमण पनि घट्यो


काठमाडौं- भारतमा लगातार १३ औँ दिन २४ घण्टामा थपिने सङ्क्रमितको संख्यामा कमी आएको छ । बुधबार २४ घण्टामा दुई लाख आठ हजार ९२१ सङ्क्रमित थपिएका छन् ।

समाचार संस्था एएनआईका अनुसार भारतमा हाल २४ लाख ९५ हजार ५९१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्म दुई करोड ७१ लख ५७ हजार ७९५ जना सङ्क्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ९५ हजार ९५५ जना सङ्क्रमित निको भएका छन् । निको हुने दर ८९ प्रतिशत पुगेको छ ।

हालसम्म दुई करोड ४३ लाख ५० हजार ८१६ सङ्क्रमित कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २२ लाख १७ हजार ३२० नमूना परीक्षण गरिएको छ ।

पछिल्लो चौबीस घण्टामा चार हजार १५७ जना सङ्क्रमितको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट तीन लाख ११ हजार ३८८ जनाको मृत्यु भएको छ ।

भारतमा गत् जनवरी तेस्रो सातादेखि खोप अभियान सञ्चालन भएको थियो । हालसम्म २० करोड छ लाख ६२ हजार ४५६ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।