अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टोकियो ओलम्पिकका जापानी प्रतिनिधिलाई अर्को सातादेखि कोरोना खोप

टोकियो ओलम्पिकका जापानी प्रतिनिधिलाई अर्को सातादेखि कोरोना खोप


जापान- टोकियो ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरूलाई अर्को हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने भएको जापान सरकारले जानकारी दिएको छ ।

जापानको ओलम्पिक कमिटीले बिहीबार गरेको घोषणाअनुसार जापानको राजधानी टोकियो हुन गइरहेको ओलम्पिक खेलमा सहभागी हुनुपर्ने ती प्रतिनिधि एवं खेलाडीहरूलाई आगामी जुन १ तारिखबाट खोप लगाउन सुरू गरिने भएको जानकारी दिएको छ ।

समाचारअनुसार जापानको ओलम्पिक कमिटीले आगामी मंगलबारबाट ती प्रतिनिधिलाई खोप लगाइने भएको हो । सो ओलम्पिकमा जापानका एक हजार ६ सय एथलेटिक्सका खेलाडी, सरकारी अधिकारीहरू र प्रशिक्षकहरु हुने बताइएको छ ।

उनीहरूलाई आगामी मंगबालरबाट टोकियोमा रहेको नेशनस ट्रेनिङ सेन्टरमा खोप दिइने बताइएको छ । ती प्रतिनिधिहरूलाई अमेरिकाको खोप निर्माता कम्पनी फाइजर आइएनसीले खोप दिने जनाएको छ ।

जापान सरकारले यहाँका नागरिकलाई खोप लगाइरहेको छ । तर, पनि जापानमा अहिलेसम्म जम्मा दुई प्रतिशत नागरिकलाई मात्र खोप दिइएको छ ।

जापानको राजधानी टोकियोमा आगामी जुलाई २३ देखि अगष्ट ८ तारिखसम्म खोलम्पिक खेलको आयोजना गरिएको छ ।