अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्लाक्सोको कोभिड खोप अन्तिम चरणको परीक्षणमा

ग्लाक्सोको कोभिड खोप अन्तिम चरणको परीक्षणमा


पेरिस- सानोफी र ग्लाक्सोस्मिथक्लाइनले विकास गरेको कोभिड-१९ विरुद्धको खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण सुरू गर्न लागेको कम्पनीले जनाएको छ ।

केही साताभित्रै गर्न लागिएको यस परीक्षणका लागि संयुक्तराज्य अमेरिका, एसिया, अफ्रिका र दक्षिण अमेरिकाका ३५ हजार वयस्क व्यक्तिलाई छनौट गरिएको छ ।

कम्पनीका अनुसार यस अध्ययनमा खोपको प्रभावकारिता अध्ययन गरिने छ । साथै, कोभिड-१९ का नयाँ स्वरूप (भेरिएन्ट)मा यस खोपले काम गर्न सक्छ वा सक्दैन भन्ने पनि अध्ययन गरिने छ ।

खोप परीक्षण सफल भए यसै वर्षको अन्त्यसम्ममा खोपलाई नियामक निकायले आमप्रयोगका लागि अनुमति दिने विश्वास कम्पनीले लिएको छ ।