अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिद्वारा अमेरिकासँग खोपको पहल, बाइडेनलाई पत्राचार

राष्ट्रपतिद्वारा अमेरिकासँग खोपको पहल, बाइडेनलाई पत्राचार


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकासँग खोपको पहल गर्नुभएको छ । उहाँले नेपाललाई कोभिड(१९ विरुद्धको खोप आपूर्तिका लागि विशेष पहल गर्न अनुरोध गर्दै अमेरिकी समकक्षी जो बाइडेनलाई पत्राचार गर्नुभएको छ ।

राष्ट्रपतिको पत्र नेपाली राजदूत डा. युवराज खतिवडाले अमेरिकी स्टेट डिपार्टमेन्टका बरिष्ठ सल्लाहकार एर्भिन मासिंगालाई बुझाउनुभएको छ । अमेरिकी स्टेट डिपार्टमेन्टका सल्लाहकार मासिंगाले नेपाललाई जतिसक्दो चाँडो कोभ्याक्स खोप उपलब्ध गराउन पहल गर्ने जानकारी दिनुभयो ।

राजदूत खतिवडाले मासिंगालाई नेपालमा भाइरस महामारीको अवस्था र खोप अभियानबारे अवगत गराउनुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि छिमेकी चीन र भारतका समकक्षीसँग पनि नेपालमा खोप उपलब्ध गराउन पहल संवाद र पत्राचार गर्नुभएको थियो । लगत्तै चीनले ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । त्यसमध्ये दुई लाख डोज खोप आइतबार काठमाडौं आउँदैछ ।