अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मालीमा सैन्य कु, सेनाका कोलोनेल अन्तरिम राष्ट्रपति घोषित

मालीमा सैन्य कु, सेनाका कोलोनेल अन्तरिम राष्ट्रपति घोषित


माली- मालीको संवैधानिक अदालतले सेनाका एक जना कोलोनेल अस्सिमी गोइटालाई अन्तरिम राष्ट्रपति घोषित गरेको छ । दुई दिन अघि मात्रै उहाँले आफूलाई राष्ट्रपति घोषित गर्नुभएको थियो । संवैधानिक अदालतले उक्त घोषणालाई सदर गरेको हो ।

पछिल्लो नौ महिनामा मालीमा दोस्रो पटक सेनाले शासन सत्ता आफ्नो हातमा लिएको हो । गत् अगष्टमा समेत सेनाले शासन सत्ता आफ्नो हातमा लिँदा गोइटाले नेतृत्व गर्नुभएको थियो । जननिर्वाचित राष्ट्रपति इब्राहिम बौबाकर कैटालाई बलपूर्बक कार्यालयबाट बाहिर गराइएको थियो ।

गत सोमबार राष्ट्रपति इब्राहिम र प्रधानमन्त्री मोक्तार औनेलाई सेनाले बन्धक बनाएको थियो । कोलोनेल गोइटाले राष्ट्रपति र प्रधानमन्त्री दुवै जना आफ्नो दायित्व पुरा गर्न नसकेको र मालीको सङ्क्रमण लम्ब्याउन उद्दत रहेको दाबी गर्नुभएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीले बिहीबार राजिनामा गरेपछि सेनाले दुवै जनालाई मुक्त गरेको थियो । बीबीसीका अनुसार संवैधानिक अदालतले रिक्त रहेको राष्ट्रपतिको पद पूर्ति गरिएको जनाएको छ ।

अदालतले सङ्क्रमणकालीन अवस्थाको अन्त्यका लागि कोलोनेल गोइटाले अन्तरिम राष्ट्रपतिको जिम्मेबारी लिनुपर्ने जनाएको छ ।