अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जना पक्राउ

भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जना पक्राउ


गुवाहाटी- भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आसामका मुख्यमन्त्री हिमन्त विश्वास शर्माले २४ जना आक्रमणकारीलाई पक्राउ गरिएको बुधबार जानकारी दिनुभयो ।

होजाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक विरामीको मृत्यु भएपछि मंगलबार डा। सेउज कुमार सेनापतिमाथि आक्रमण भएको थियो ।

चिकित्सकीय सेवा दिइरहेका चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय भएको भन्दै सर्वत्र विरोध भएको छ ।
स्थानीय प्रहरी अधिकारीहरुले घटनालाई गम्भीरतापूर्वक लिइएको र दोषीलाई कुनैपनि हालतमा उन्मुक्ति नदिइने दावी गरेका छन् ।

‘घटनामा संलग्न र दोषी ठानिएका २४ जनालाई हामीले पक्राउ गरेका छौँ, थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढिरहेको छ,’ मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ ।

महामारीका विरुद्धमा अग्रमोर्चामा रहेर लडिरहेका चिकित्सकहरुमाथि भएको आक्रमण र व्यवहार अक्षम्य भएको प्रहरी महानिर्देशक भास्कर ज्योति महन्तले बताउनुभयो ।

उहाँमाथिको आक्रमण सबै अग्रपंक्तिका सेवकहरूमाथिको आक्रमण भएको र त्यसले अरूलाई पनि निराश बनाउन सक्ने खतरा भएको महन्तको भनाई थियो ।