अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन

झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन


काठमाडौं– चिकित्सा शिक्षा आयोगले झापाको बी एण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्ययनका लागि सम्बन्धन दिएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले झापाको विर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो । बैठकको निर्णय औपचारिकरुपमा सार्वजनिक चाहिँ भएको छैन ।

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले सबै प्रक्रिया पूरा गरेर सम्बन्धनको पर्खाइमा रहेको कलेजलाई चिकित्सा शिक्षा अध्यापनको बाटो खुलाएको हो । काठमाडौं विश्वविद्यालयबाट बी एण्ड सीलाई सम्बधन दिइएको हो ।

आयोगको अध्यक्ष प्रधानमन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सहअध्यक्ष रहने व्यवस्था छ ।

बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं हुनुहुन्छ ।