अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिरोले धौलागिरिका चार जिल्ला जोड्ने राजमार्ग अवरुद्ध

पहिरोले धौलागिरिका चार जिल्ला जोड्ने राजमार्ग अवरुद्ध


पर्वत- पहिरो जाँदा पोखराबाट धौलागिरिको चार जिल्ला जोड्ने भूपी शेरचन राजमार्ग अवरुद्ध भएको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार पर्वतको कुश्मा-२ सहस्त्रधारामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

सोमबारदेखि परेको अविरल वर्षाका कारण पहिरो गएको भन्दै प्रजिअ खत्रीले राजमार्ग खुलाउन प्रयास गरे पनि पानीका कारण सम्भव नभइरहेको जानकारी दिनुभयो ।

पहिरोका कारण पर्वत मात्र होइन, म्याग्दी, बाग्लुङ र मुस्ताङ समेत सवारी जान नसक्ने अवस्थामा पुगेको छ ।

पर्वतको सेतीबेनीमा कालीगण्डकीका कारण जोखिम रहेकाले १० घर सुरक्षित स्थानमा सारेको प्रजिअ खत्रीले बताउनुभयो ।

यस्तै, म्याग्दीमा कालीगण्डकी नदी लगायत अन्य खोलाहरूले पनि खतराको सतह पार गरेको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार सदरमुकाम बेनी बजारका केही ठाउँमा कालीगण्डकी नदीले कटान गरिहेको छ ।