अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुनै आर्थिक लाभ लिनु छैन, राम्रो काम गरेर ख्याती कमाउन चाहन्छु : गृहमन्त्री अधिकारी

कुनै आर्थिक लाभ लिनु छैन, राम्रो काम गरेर ख्याती कमाउन चाहन्छु : गृहमन्त्री अधिकारी


काठमाडौं- नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले कोरोना नियन्त्रणका लागि नागरिकलाई खोप उपलब्ध गराई जनताको जीउधनको सुुरक्षा र निर्वाचनको तयारी गर्नु सरकारको प्राथमिकता भएको बताउनुभएको छ ।

मन्त्रीमा नियुक्त भएको चौथो दिनमा आज सिंहदरबारस्थित मन्त्रालयमा पत्रकारसँगको छलफलमा उहाँले महामारी रोकथाम, मनसुनजन्य विपद् व्यवस्थापन, शान्ति सुरक्षा कायम र आशन्न निर्वाचनलाई विश्वस्तरले विश्वसनीय ठान्ने गरी तयारीका लागि कार्ययोजना बनाउन मन्त्रालयले टोलीले काम गरिरहेको जानकारी दिनुभयो ।

सञ्चारकर्मीलाई देशको स्वाधिनताको रक्षा र कानुनको पालनामा खबरदारीसहित साथ दिन आग्रह गर्दै मन्त्री अधिकारीले आफूले पदको कुनै दुरुपयोग नगरी इमान र विवेकका साथ देशको माटोको रक्षा र सुशासनका लागि दत्तचित्त भएर काम गर्ने बताउनुभयो ।

‘म यहाँ कमाउन आएको होइन, मलाई कुनै आर्थिक लाभ लिनु छैन । म गृह प्रशासनका क्षेत्रमा जनताले अनुभूत गर्ने गरी नयाँ केही छाप दिएर ख्याति कमाउन चाहन्छु,’ मन्त्रालयका सचिव महेश्वर न्यौपानेलगायत अधिकारीका साथ प्रस्तुत मन्त्री अधिकारीले भन्नुभयो, ‘मलाई गृह प्रशासन र सुरक्षा निकायमा कुनै दबाब र प्रभाव विस्तार गर्नु पनि छैन । कतिपय नेताबाट दबाब र प्रभाव त हुँदो रहेछ तर म नियम र कानूनअनुसार प्रणालीले काम गरोस् भन्ने चाहन्छु ।’

मन्त्री अधिकारीलाई पत्रकारहरूले सीमा क्षेत्रमा खटाइएका सशस्त्र प्रहरीका तल्लो तहका कर्मचारीलाई स्रोत, साधन र प्रोत्साहन दिन, जनताले सुशासन र सुरक्षाको अनुभूति गर्ने गरी काम गर्न सुझाव दिएका थिए ।