काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव पक्षले आधिकारिकता दाबी गर्न निर्वाचन आयोगमा जाने भएको छ ।
आज दिउँसो २ बजे प्रमुख नेताहरू आफैं निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालय पुगी पार्टीको नाम, चुनाव चिन्ह, छाप र निर्णयको आधिकारिकताका लागि निवेदन दिने तयारी भएको छ ।
बिहीबार काठमाडौंमा बसेको सो पक्षको कार्यकारिणी बैठकले आधिकारिकता दावी गर्न नागरिकतासहित बहुमत सदस्यहरु निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको थियो ।
यादव पक्षको हिजो बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारिकता दावी गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया