अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिरिजङ्गा गाउँपालिकाद्धारा निःशुल्क एमबीबीएस पढाउने घोषणा

सिरिजङ्गा गाउँपालिकाद्धारा निःशुल्क एमबीबीएस पढाउने घोषणा


ताप्लेजुङ – चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबीबीएस अध्ययन गर्न चाहने गाउँपालिका भित्रका विद्यार्थीलाई सिरिजङ्घा गाउँपालिकाले निःशुल्क पढाउने घोषणा गरेको छ । बिहीबार गाउँपालिको नवौँ गाउँ सभामार्फत एमबीबीएस पढाउने घोषणा गरेको हो ।

वर्षमा एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्ने एक विद्यार्थीलाई गाउँपालिकाको खर्चमा निःशुल्क पढाउने गाउँपालिकाले जनाएको छ । विद्यार्थीले पढाइ सकेपछि अनिवार्य दुई वर्ष गाउँपालिकाभित्र स्वास्थ्य कार्यालयमा सेवा गुर्न पर्ने गाउँपालिकाले जनाएको छ ।

‘निःशुल्क शिक्षा हामी सबैको इच्छा’ नारा अन्तर्गत कक्षा ११ र १२ अध्ययन गर्ने पालिकाभरिका सम्पूर्ण विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था, प्रत्येक वडाका एक-एक जना सर्वोत्कृष्ट विद्यार्थीलाई प्राविधिक शिक्षा निःशुल्क अध्ययनको व्यवस्था र पालिकाभरिका ४१ वटै विद्यालयका विद्यार्थीको पोसाकमा एकरुपता कायम गर्ने नीति गाउँपालिकाले लिएको छ । रासस

गाउँपालिकाले एसइईअघि कम्तीमा दुई महिना निःशुल्क कोचिङ कक्षा चलाउने भएको छ भने उपाध्यक्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत दलित, महिला र अपाङ्गता परिचयपत्र प्राप्त विद्यार्थीको भर्ना शुल्क, मासिक शुल्क, रजिष्ट्रेशन शुल्क र परीक्षा शुल्क वापतको रकम गाउँपालिकाले व्यहोर्ने भएको छ । यस्तै प्रत्येक वर्षको एसइई परीक्षामा पालिकाभित्रबाट सर्वोत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई एक-एक थान ब्रान्डेड ल्यापटपसहित सम्मान गरिने भएको छ । यस्तै कक्षा ८ को वार्षिक परीक्षामा सर्वोत्कृष्ट नतीजा ल्याउने एक छात्र र एक छात्रालाई नगद रकमसहित पुरस्कृत गर्ने घोषणा गाउँपालिकाले गरेको छ ।