अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेशको नाम फेरेर तमुवान बनाएको भए सरकार जोगिन्थ्यो, तर मैले चाहिनँः गुरुङ

गण्डकी प्रदेशको नाम फेरेर तमुवान बनाएको भए सरकार जोगिन्थ्यो, तर मैले चाहिनँः गुरुङ


पोखरा– गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको नाम परिवर्तन गरेको भए आफ्नो सरकार जोगाइदिने आवश्वासन आएको बताउनुभएको छ ।

प्रदेश सभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले माग्नुभएको विश्वासको मतमाथि प्रदेश सभामा भएको छलफलमा गुरुङले त्यस्तो बताउनुभएको हो । ‘मैले नाम फेरेर तमुवान बनाउन सहमत भएको भए सरकार जोगिन्थ्यो,’ उहाँको भनाइ थियो, ‘तर मैले चाहिनँ । म अब त्यो बाटो जान्नँ भनेँ ।’

गुरुङले गण्डकी प्रदेशमा जातीय सदभाव भत्काउन प्रयास पटक पटक भएको बताउनुभयो । उहाँले तमुवानको माग तीब्र भए पनि जातीय सदभाव र एकताका लागि गण्डकी प्रदेश रोजेको उल्लेख गर्नुभयो ।