अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोकमा फेरी बाढी,प्रहरी कार्यलय र विद्यालय भत्कायो

सिन्धुपाल्चोकमा फेरी बाढी,प्रहरी कार्यलय र विद्यालय भत्कायो


काठमाडौं- सिन्धुपाल्चोकको मेलम्ची नदीमा गएराती आएको बाढीले हेलम्बू प्रहरी चौकी र विद्यालय भवन भत्काएको छ ।
बाढीले प्रहरी चौकी र विद्यालय बगाएको छ । बाढीले हेलम्बु गाउँपालिकाको प्रहरी चौकी र ग्यालथुमको इस्ट पोइन्ट एकेडेमी बगाएको हेलम्बुका प्रहरी ईन्चार्ज सुनिल थापाले जानकारी दिनुभयो । राति साढे ७ बजेपछि मंगलबार आएजत्तिकै ठूलो बाढी आएको उहाँले बताउनुभयो ।

स्थानीयलाई खबर गरेको केही समयमै ठूलो बाढी आएकाले सबै सुरक्षित स्थानमा जान सफल भएका पनि उहाँले बताउनुभयो । थापाका अनुसार हेलम्बुको तिम्बु बजार, चनौटे, ग्याल्थुम, किउल, तालामाराङ बाढीबाट प्रभावित भएका छन् । सो क्षेत्रका केही पुल बगेका छन् । केही पुल जोखिमममा छन् ।

बाढीले हेलम्बुको चनौटे बजारमा रहेको रातो पुलमा पनि क्षति पुर्‍याएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो । यो पुल भत्कियो भने सम्पर्क सञ्जाल नै टुट्ने अवस्था छ । उहाँका अनुसार चनौटे बजारदेखि किउल सम्मका १ सय घर जोखिममा परेका उहाँले बताउनुभयो । चनौटे बजारका ३९ घर पूर्ण रुपमा क्षति भएका छन् ।

चनौटेदेखि किउल बजारसम्मको अवस्थाबारे जानकारी भएपनि त्यहाँभन्दा माथि आफूहरु पुग्न नसकेको उहाँले बताउनुभयो । त्यहाँ नेटवर्कले पनि राम्रो काम नगरेको उहाँले बताउनुभयो ।