अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन

पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन


काठमाडौं- पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । उहाँको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रमा निधन भएको हो ।

कोरोना पुष्टि भएपछि विष्टको गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । विष्टको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

नेपाली कांग्रेस सुर्खेतका पूर्व सभापतिसमेत रहनुभएका विष्ट तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री हुनुभएको थियो ।