अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आँधीखोला तर्ने क्रममा लडेर एक जनाको मृत्यु

आँधीखोला तर्ने क्रममा लडेर एक जनाको मृत्यु


स्याङ्जा– आँधीखोला तर्ने क्रममा डुबेर पुतलीबजार नगरपालिका ४ मा एक जनाको मृत्यु भएको छ ।

स्थानीय ५१ वर्षीय टेबबहादुर थापा ‘मने’ को आँधीखोला तर्ने क्रममा डुबेर मृत्यु भएको हो ।

पुतलीबजार नगरपालिका ४ को ठूलो फुलबारी तर्फबाट गाईनेघाट हुँदै सानो फुलबारीस्थित लामागेतर्फ जाँदा आँधीखोला तर्ने क्रममा चिप्लिएर लडेका थिए ।

बढेको खोला तर्ने क्रममा चिप्लिएर लडेका थापाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।