अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश प्रमुख झा पूर्व नगरप्रमुखको घरमा पुगेपछि…

प्रदेश प्रमुख झा पूर्व नगरप्रमुखको घरमा पुगेपछि…


जनकपुर- प्रदेश नं. २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ प्रदेशका सामाजिक अगुवासँगको भेटघाटमा व्यस्त रहनुभएको छ ।

प्रमुख झाले पूर्व जनप्रतिनिधि एवं नागरिक अगुवा राजदेव मिश्र (बाबा) लाई भेट्न आइतबार उहाँको निवास पुग्नुभएको थियो । जनकपुरमा वडाध्यक्षदेखि प्रमुखसम्म बनेका राजदेवलाई डा.झाले बिहानै विद्यापति चौकस्थित आनंद नगरमा रहेको उहाँको घर पुग्दा स्थानीयबासीको भीड़ लागेको थियो ।

प्रदेश प्रमुख डा.झाले बाबा राजदेवसँग जनकपुरको वस्तुस्थिति, उहाँको राजनीतिक जीवन, जनकपुरधामलाई आधुनिक बनाउने विषयका बारेमा छलफल गर्नुभएको भयो । मिश्रले जनकपुरधामलाई रामायणकालीन मिथिलाको रूपमा आफूले हेर्न चाहेको बताउँदै जनकपुरको परिक्रमा क्षेत्रभित्र मासु र मद्यपान बिक्री बितरण बन्द गर्न राजदेवले प्रदेश प्रमुख डा.झासँग आग्रह गर्नुभएको थियो ।